दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ। उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई छुट्टाछुट्टै मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ र राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा ३ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो।
यसैगरी, राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अन्य दुई जना, राजावादी भनिएका सुशील बराल र सरोज गौतमलाई पनि जनही ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
प्रतिक्रिया
