टुना र कपिलको तिज गीत ‘छमछम पाउजु खनखन चुरा’ दर्शकमाझ
काठमाडौं। नेपाली सांगीतिक आकाशमा अर्काे एउटा सुमधुर तिज गीत ‘छमछम पाउजु खनखन चुरा’ सार्वजनिक भएको छ। गायक कपिल कस्पाल र गायिका टुना थापाको कर्णप्रिय आवाजमा सजिएको यस गीतले यतिबेला स्रोता तथा दर्शकहरूको ध्यान तानिरहेको छ।
गीतमा कपिल कस्पालकै शब्दहरू छन्। गीतमा प्रेमिल भावनाहरूलाई गहिरोसँग व्यक्त गरिएको छ। गीतलाई सङ्गीत तथा सङ्गीत संयोजन बीबी अनुरागीले गरेका छन्। प्रिज्म स्टुडियोमा रेकर्डिङ भएको गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारी श्याम स्वेत रसाइलीले सम्हालेका छन्।
गीतको अडियो जस्तै यसको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। ‘राग रागिनी इन्टरटेनमेन्ट’ को प्रस्तुति रहेको यस भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्।
उनले गीतको भावनालाई पर्दामा जीवन्त रूपमा उतारेका छन्। पुनम श्रेष्ठको कोरियोग्राफीमा कपिल कस्पाल र टुना थापा स्वयंले मुख्य कलाकारको रूपमा अभिनय गरेका छन्। उनीहरूसँगै तुलाराम पुन, सञ्जय डिम्पल, रामचन्द्र कुसारी, कल्पना चौधरी र भागीराम चौधरीले सहयोगी कलाकारको भूमिका निर्वाह गरेका छन्।
देव दोर्जे लामाले भिडियोको सिनेम्याटोग्राफी र ड्रोनको काम गरेका छन्। उनको मेहनतले भिडियोलाई थप सुन्दर बनाएको छ। प्रवीण भट्टले भिडियोको सम्पादन र रङ संयोजनको जिम्मा लिएका छन्।
‘प्रेमको धुन’ गीतले नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै छाप छोड्ने अपेक्षा गरिएको छ।
