कोशीमा पानी बढेको बढ्यै

विराटनगर। निरन्तर पानी परिरहेकाले सप्तकोशी नदीमा बहाव निकै बढेको छ। केही बेरअघि कोशी नदीमा गरिएको मापन अनुसार पानीको बहाव १ लाख ८६ हजार ५० क्युसेक थियो।

ब्यारेज नियन्त्रण कक्षका अनुसार पानीको यो परिमाण ‘खतरा’ मानिन्छ। पानी अझै बढ्ने क्रम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

यसअघि आजै बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर १ लाख ६६ हजार ९७५ क्युसेक पानीको बहाव थियो। त्यसयता निरन्तर बढिरहेको नियन्त्रण कक्षले जनाएको छ।

यसैबीच, उदयपुर र झापामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ।

यसैगरी, उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको छ। २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *