फेरि दर्शक-स्रोतामाझ आउँदै ‘स्लोक भाइब’

झापा। केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप ‘स्लोक भाइब’ ले आफ्नो प्रस्तुति दिने भएको छ। यो समूहले नयाँ म्युजिक भिडियो दर्शकमाझ ल्याउन लागेको छ।

स्थानीय युवाहरूमाझ लोकप्रिय ‘स्लोक भाइब’ ले यसपटकको कमब्याकलाई ‘सबैभन्दा ठूलो’ भनेर प्रचार गरिरहेको छ। समूहका अनुसार यो नयाँ प्रस्तुतिमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देख्न पाइनेछ।

समूहका सदस्यहरूले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई जानकारी दिंदै यो म्युजिक भिडियो सिर्जनात्मक, दमदार र फरक स्वादको हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्षलाई आत्मसात गरेको यो समूहले यसपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडका रूपमा लिएको जनाएको छ।

उनीहरूको ‘कमब्याक’ म्युजिक भिडियोको टिजर चाँडै सार्वजनिक गरिनेछ। पूरा भिडियो आउँदो हप्ता युट्युब लगायत अन्य माध्यमहरूबाट सार्वजनिक गरिने जनाइएको छ।

-निशान निरौला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *