उदयपुर र चितवनमा करेन्ट लागेर २ जनाको मृत्यु
सांकेतिक तस्बिर
काठमाडौँ। चितवन र उदयपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय रामकृष्ण धामीको पनि मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको हो। विद्युत्को खम्बामा चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका धामीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–१८, गुन्जनगरका ५० वर्षीय शेरबहादुर थापाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
सोही ठाउँस्थित बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको हो।
प्रतिक्रिया
