डेन्टल एसोसिएसन मोरङमा नयाँ नेतृत्व
विराटनगर। नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन अधिकृत डा. रितेश गिरीका अनुसार डा. निमिषा दासको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
नवनिर्वाचित कार्यसमिति उपाध्यक्षमा डा. अभिषेक कुमार, महासचिवमा डा. मो. कमरुल हक र कोषाध्यक्षमा डा. धिरज कुमार मण्डल छन्।
त्यसैगरी, कार्यसमितिको सहसचिवमा डा. आदित्य साह निर्वाचित भएका छन्। सदस्यहरूमा डा. मिरा ठाकुर, डा. शेखरकुमार मण्डल मण्डल र डा. मो. रिजवान अली छन्।
नयाँ कार्यसमितिले दन्त स्वास्थ्य सेवाको विकास र दन्त चिकित्सकहरूको हितका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
