विराट मैथिली नाट्य समूह र मैथिली साहित्य अभियानको साहित्यिक जमघट
विराटनगर । विराटनगरमा विराट मैथिली नाट्य समूह र मैथिली साहित्य अभियान विराटनगर शाखाको संयुक्त कार्यक्रम सम्पन्न भएको छ। २०८२ साउन १० गते स्वर संगीतालयमा आयोजित यस कार्यक्रममा साहित्यकार तथा कलाकर्मीहरूको बाक्लो उपस्थिति थियो।
विराट मैथिली नाट्य समूहका अध्यक्ष डोमी कामतको अध्यक्षता मा भएको कार्यक्रममा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहाल प्रमुख अतिथि थिइन्। गुरु कुशेश्वर राई विशिष्ट अतिथि थिए भने शिवनारायण पण्डित ‘सिङ्गल’ र भवानी प्रसाद पोखरेल अतिथि थिए।
कार्यक्रममा ऋषि तिवारी, उपाध्यक्ष भुपाल अधिकारी, कर्ण संजय, उद्धव बहादुर केसी, गोविन्द भगत, प्रयाग न्यौपाने, उमेश लुइँटेल, हरि कट्टेल, हरिप्रसाद बराल, प्रमोद ढकालले रचना वाचन गरेका थिए।
यसैगरी, विधा प्रसाद गौतम, किरण अन्जान, गोविन्द भगत, सपना यादव, शम्भु प्रसाद भट्टराई, जगदीश प्रसाद यादव, रिना कुमारी कामत, निशा घरेडी, पूजा गडेरी, कारी मण्डल, महेश यादव, सुजता राई, रेनुका राई, शान्ता भट्टराई लगायत करिब ३५ जना स्रष्टाहरूले विभिन्न भाषा-भाषीका रचना वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य शान्ता कर्णले गरेकी थिइन्।
