त्रिविविको शुल्क घटाउन माग गर्दै विद्यार्थी धर्नामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरूको शुल्क घटाउनुपर्ने माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिले तेस्रो दिन पनि धर्ना जारी राखेको छ।

बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र सुरु भएको धर्नालाई शनिबार पनि निरन्तरता दिइएको हो। आन्दोलनमा सहभागी विद्यार्थीहरूले ‘शिक्षामा शोषण बन्द गर’, ‘शुल्क तुरुन्त घटाऊ’, ‘गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली’ भन्ने नारासहित प्रदर्शन गरेका छन्।

आन्दोलन संयोजक मनिष चम्लागाईले शान्तिपूर्ण धर्ना जारी रहेको बताए। माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने उनले चेतावनी दिए।

अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *