झापामा अत्यधिक मदिरा सेवनले २ जनाको मृत्यु

झापा। झापामा अत्यधिक मदिरा सेवनका कारण दुई जनाको ज्यान गएको छ। बिहीबार बिहान कनकाई र बिर्तामोडमा गरी दुई व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन्। शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा ज्यालादारी काम गर्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन्।

यसैगरी, बिर्तामोड नगरपालिका–६, शुभबिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत फेला परेका छन्। मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जानकारी दिएको छ। उनले पनि मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *