सुनसरीमा जग्गा विवादमा छोराद्वारा बाबुको हत्या

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा जग्गासम्बन्धी विवादले उग्र रूप लिँदा एक छोराले आफ्नै बाबुको हत्या गरेका छन् । बुधबार बिहान मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बाबु सबिब अन्सारीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार रियाजले बाबुको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सबिबलाई विराटनगरको गोल्डेन अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले हत्यामा संलग्न छोरा मोहम्मद रियाज अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी जग्गा विवाद नै घटनाको मुख्य कारण देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक सबिब अन्सारी शान्त स्वभावका थिए, तर परिवारभित्र सम्पत्ति बाँडफाँटका विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो ।


प्रतिक्रिया

2 thoughts on “सुनसरीमा जग्गा विवादमा छोराद्वारा बाबुको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *