भूमि विधेयक पास गर्न खोज्नु शंकास्पदः कोइराला
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयकलाई ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रस्तावमा आपत्ति जनाएका छन्।
पोखरा जग्गा घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पदमै रहेका बेला विधेयकलाई हतारहतार पास गर्न खोज्नु शंकास्पद रहेको उनको भनाइ छ।
डा. कोइरालाले यो अवस्थामा विधेयक पारित गर्न खोज्नुले भ्रष्टाचारको सम्भावना बढाउने बताएका छन्। उनले लिचीबारी घुस प्रकरणमा मुछिएका अर्का मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि बलराम अधिकारीले नदिएकोमा पनि प्रश्न उठाएका छन्।
उनले भूमि विधेयकमा गहन छलफल हुनुपर्ने र पोखरा जग्गा प्रकरणमा मुछिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। नेपाली कांग्रेसले चाहेको सुशासन यस्तो नभएको उनको भनाइ छ।
प्रतिक्रिया
