संखुवासभा र ताप्लेजुङमा भारी वर्षा

विराटनगर। संखुवासभा र ताप्लेजुङ जिल्लामा भारी वर्षा मापन भएको छ। विशेषगरी, संखुवासभाको नुम वर्षामापन केन्द्र र ताप्लेजुङको ताप्लेथोक वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको हो।

पछिल्लो छ घण्टामा इलामको कन्याम र सप्तरीको कल्याणपुरमा पनि ठूलो वर्षा भएको छ।

मकवानपुरको लाल बकैया नदीको जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी, सोलुखुम्बुको सल्लेरी र आसपासका वर्षामापन केन्द्रहरूमा मध्यम वर्षा मापन भएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैगरी, धनकुटाका मछुवाघाट, त्रिवेणी र आसपासका केन्द्रहरू, मकवानपुरको भोर्लेनी, उदयपुरका कटारी, उदयपुरगढी, मुर्कुची बजार, खोटाङको ऐँसेलुखर्क, सप्तरीको रुपनी बजार र आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ।

मंगलबार बैतडीको दैनसिली वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो बेलुका बाग्लुङको बाग्लुङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *