‘जिन्दगी लफडै लफडा’ : इलामका कलाकार, इलामकै दृश्य

इलाम। एचकेआर इन्टरटेन्मेन्टले निर्माण गरेको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ आज मंगलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। यो टेलिफिल्मले समाजका विभिन्न पक्षलाई हाँस्य र गहिरो सामाजिक सन्देशका साथ देखाउनेछ।

इलामको मंगलबारे र सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको यस टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट देखाइएको छ।

यसले हिमाल, पहाड, तराई, भारत र विदेशमा बस्ने नेपालीहरूको कथा समेटेर समग्र नेपाली समाजको जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।

निर्देशक तथा कथाकार हिकस राईका अनुसार, टेलिफिल्ममा हाँस्य र भावनात्मक दुवै पक्ष छन्। दर्शकले हाँस्न पनि पाउनेछन् र भावुक पनि हुनेछन्।

इलामका युवा पत्रकार बिक्रम सुन्दासले यसमा ‘मोहनलाल’ को भूमिका निर्वाह गरेका छन्। अन्य कलाकारहरूमा मोडल मुकेश गुरुङ (चुलबुले), साहिल कार्की (भैरे), विपना लेप्चा (आमा), हेम गेशा (देशी कान्छा), निकिता राई (चाँचरी), कुलमित लेप्चा (ठुली), प्रमोद सुब्बा (सालो), सुचन सम्पाङ राई (छोरा) र निर्देशक हिकस राई आफैं (विदेशी पात्र) का रुपमा देखिने छन्।

‘जिन्दगी लफडै लफडा’ एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिने जनाइएको छ। कलाकार बिक्रम सुन्दासले दर्शकको माया र साथ पाउनेमा आफूहरू विश्वस्त रहेको बताए।

-निशान निराैला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *