नेपाल बन्यो उपविजेता

काठमाडौं। नेपाल यू–२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उपविजेता बनेको छ। सोमबार भएको अन्तिम तथा अघोषित फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भयो।

बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको उक्त खेलमा घरेलु टोली बलियो साबित भयो। बंगलादेशको प्रभावशाली जितमा सागोरिका नायिकले ह्याट्रिकसहित चार गोल गरिन्। उनले खेलको ८, ५१, ५८ र ७७ औं मिनेटमा गोल गरेकी थिइन्।

डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको यस प्रतियोगितामा बंगलादेशले सबै ६ खेल जितेर १८ अंकका साथ शीर्ष स्थान हासिल गर्‍यो। नेपाल भने १२ अंकमा सीमित हुँदै दोस्रो स्थानमा रह्यो। नेपालले भोगेका दुवै हार बंगलादेशविरुद्ध नै थिए।

नेपालले भुटान र श्रीलंकामाथि भने सजिलै जित हासिल गरेको थियो। कुल चार टोली सहभागी यस प्रतियोगितामा भुटानले ६ र श्रीलंकाले शून्य अंक प्राप्त गरे। भुटानले दिनको पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो। भुटानले प्राप्त गरेका दुवै जित श्रीलंकाविरुद्ध नै थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *