ताप्लेजुङमा अपर काबेली जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग निर्माण गरी छिचोलिएको (‘ब्रेक थ्रुु’ गरिएको) छ।

कुल १७ सय ७२ मिटर लामो यो सुरुङमार्ग छिचोलिएको आयोजनाले जनाएको छ। यो सुरुङ ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ।

आयोजनाको इन्टेकदेखि हप्पुखोला छेउसम्मको करिब ५ किलोमिटर मुख्य प्रभावित क्षेत्रमा सिरिजंघा–१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक पर्दछन्।

यस्तै, सिदिङ्वाको मेहेले र लिम्बुदिन पनि यस क्षेत्रमा पर्छन्। आयोजनाको इन्टेक तेल्लोकमा र पावर हाउस सिनाममा हुनेछ।

पिस इनर्जी कम्पनी मुख्य प्रवर्द्धक रहेको यस आयोजनाको कुल लागत ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ रहेको व्यवस्थापक प्रकाश ढुंगानाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *