२१ वर्षपछि हत्याका आरोपी पक्राउ

संखुवासभा । भोजपुरको जरायोटार–४ का पर्शुराम विकको हत्या गरी फरार भएका एक व्यक्तिलाई २१ वर्षपछि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–९ का शम्सेरबहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, तामाङ विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए र केही दिनदेखि गाउँमै लुकेर बसिरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गतेको फैसलाअनुसार तामाङलाई २ वर्ष कैद सजाय तोकेको थियो। पक्राउ परेपछि उनलाई संखुवासभा जिल्ला अदालत, चैनपुरमा पेश गरिएको थियो र सोमबार कैद भुक्तानका लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *