सुनसरीको सप्तकोशी नदीमा बालक बेपत्ता
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा आज आइतबार एक बालक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दिपेश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार, तीन जना साथीसँगै नुहाउन गएका दिपेशका दुई जना साथी सकुशल बाहिर आए पनि दिपेश बेपत्ता भएका हुन्। बेपत्ता दिपेशको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन्।
प्रतिक्रिया
