डुबेर २ जना बालकको मृत्यु

सुनसरी। इटहरीस्थित ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको आइतबार दिउँसो मृत्यु भएको छ। दुवै ९ वर्षका हुन्।

प्रहरीका अनुसार इटहरी–३ का दिप्सन चौधरी र २ का क्रिश्वास लिम्बूको डुबेर मृत्यु भएको हो। पौडी खेल्दा उनीहरू डुबेका थिए। उद्धार गरी मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *