पर्याप्त वर्षा नहुँदा पूर्वी नेपालमा धान रोपाइँ घट्यो

विराटनगर। यो वर्ष पूर्वी नेपालमा धान रोपाइँको मात्रा घटेको छ। कृषि विभागका अनुसार असार २९ सम्म मुलुकभर ५९ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही समयको तुलनामा ८.६ प्रतिशत कम हो।

सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा ३३.८ प्रतिशत र कोशी प्रदेशम ४१.३२ प्रतिशत रोपाइँ भएको छ। सुदूरपश्चिममा ९३.१ प्रतिशत र कर्णालीमा ८३.२३ प्रतिशत रोपाइँ भएको विभागको तथ्याङ्क छ।

विभागका अनुसार पूर्वी तराईमा पर्याप्त पानी नपर्दा रोपाइँ कम भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पूर्वी नेपालमा औसतभन्दा धेरै कम वर्षा भएको छ। मौसमविद्हरूका अनुसार अब पूर्वी क्षेत्रमा वर्षा बढ्ने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *