सरकारी निकायले चेक काट्न नपाउने, भुक्तानी पूर्ण रूपमा डिजिटल

काठमाडौँ । अबदेखि सरकारी निकायले चेक काटेर भुक्तानी गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय र कार्यालयहरूलाई साउन १ गतेदेखि लागू हुने गरी सम्पूर्ण भुक्तानी विद्युतीय माध्यमबाट गर्न परिपत्र जारी गरेको हो।

गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलको मन्त्रिस्तरीय निर्णयअनुसार परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ।

हाल सरकारी निकायहरूलाई बैंकिङ च्यानलबाट भुक्तानी गर्न भनिए पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन। त्यसैको फाइदा उठाउँदै आर्थिक वर्षको अन्त्यतिर ‘ब्याक डेट’को चेक काट्ने प्रवृत्ति बढ्दो थियो।

नयाँ व्यवस्थासँगै यस्तो अपारदर्शी अभ्यास अन्त्य हुने सरकारको अपेक्षा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *