आमचोकबाट इलाम सदरमुकाम आइरहेको गाडीमाथि खस्यो पहिरो
इलाम। राँके–रवि–भेडेटार सडकखण्डअन्तर्गत फाल्गुनन्द गाउँपालिका–५, मगरभितामा आइतबार दिउँसो ट्याक्सीमाथि पहिरो खसेको छ।
इलामको फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकबाट सदरमुकाम इलामतर्फ जाँदै गरेको मे १ ज ६५२ नम्बरको ट्याक्सीमा अचानक पहिरो खसेको हो।
ट्याक्सीमा चालकसहित ८ जना सवार थिए। घटनापछि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको स्थानीय पत्रकार युद्ध बोहराले जानकारी दिए।
मानवीय क्षति नभए पनि पहिरोका कारण सडक केही समय अवरुद्ध भएको थियो। अहिले सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।
निरन्तर वर्षाले सडक क्षेत्र जोखिमपूर्ण बनेकाले जिल्ला प्रशासन कार्यालय पाँचथरले यात्रु र सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया
