बाल संरक्षण गृहमै बालिकामाथि यौन शोषण, अधिकृत पक्राउ

काठमाडौं। मकवानपुरको एक ग्रामीण क्षेत्रमा सञ्चालित बालगृहमा बस्दै आएकी १७ वर्षीया किशोरीले आफूमाथि यौन शोषण भएको गम्भीर आरोप लगाएकी छिन्।

सुरक्षा र संरक्षणका लागि बनाइएको बालगृहमै शोषण भएको उजुरीका आधारमा प्रमुख अधिकृतलाई प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट पक्राउ गरेको छ।

पीडित किशोरीका अनुसार पछिल्ला केही सातादेखि बालगृह प्रमुखले बारम्बार दुर्व्यवहार गर्दै आएको आरोप लगाइएको छ। यस्तै उजुरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शुक्रबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, पीडितको पारिवारिक अवस्था कमजोर छ र उनी केही वर्षदेखि सो बालगृहमा आश्रित थिइन्। हाल घटनाको थप अनुसन्धान भइरहेको र पीडितको बयान तथा स्वास्थ्य परीक्षणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

बालगृहमा आश्रित अरु बालबालिकाको अवस्था, व्यवस्थापन र सुरक्षा प्रक्रिया पनि अहिले अनुसन्धानको घेरामा आएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *