कपिलवस्तुमा बस दुर्घटना, २९ जना घाइते
काठमाडौं। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको हो।
दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ। अन्य २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
बस पल्टिएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरू (पहिचान भएकामध्ये)-
गम्भीर घाइते (बुटवल रिफर गरिएका):
-देवी बुढाथोकी, ७७ वर्ष, सल्यान बागचौर नगरपालिका–१०
-मोहनलाल बुढाथोकी, ५६ वर्ष, सल्यान सारदा नगरपालिका–१२
-श्रीधर अधिकारी, ३५ वर्ष, दाङ तुलसीपुर उपमहानगरपालिका–११
सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचाररत:
-मोतीलाल ऐरी, २८ वर्ष, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–८
-कोसिस गौतम, २१ वर्ष, सोलुखुम्बु सोताङ गाउँपालिका–३
-अनिता चलाउने, १९ वर्ष, सल्यान चिद्दकुमाउ गाउँपालिका–२
-सचिला नेपाली, ५२ वर्ष, दाङ घोराही उपमहानगरपालिका–१८
-टुक कुमारी श्रेष्ठ, ६० वर्ष, अर्घाखाँची सितगंगा नगरपालिका–८
-चित्र प्रसाद धिताल, २५ वर्ष, सल्यान बागचौर नगरपालिका–१०
-ओम प्रकाश खड्का, ३१ वर्ष, रोल्पा परिवर्तन गाउँपालिका–३
-रुपा चौधरी, २८ वर्ष, दाङ राप्ती गाउँपालिका–४
-हेमराज वली, ३९ वर्ष, रोल्पा गंगादेव गाउँपालिका–३
-खड्क बहादुर पुन, ३९ वर्ष, पर्वत मादी गाउँपालिका
-भीम बहादुर बिक, ४३ वर्ष, सल्यान छत्रेश्वरी गाउँपालिका–१
-इन्द्र बहादुर बिक, ४० वर्ष, सल्यान बागचौर नगरपालिका–४
-ललित शर्मा, २१ वर्ष, दाङ तुलसीपुर उपमहानगरपालिका–११
-सन्दीप वली, ३१ वर्ष, रोल्पा गंगादेव गाउँपालिका–३
-विशाल बोहरा, २२ वर्ष, डडेलधुरा आलीताल गाउँपालिका–४
-शर्मिला नेपाली, २४ वर्ष, दाङ दंगिशरण गाउँपालिका–२
-रश्मि बोहरा, ४२ वर्ष, सल्यान छत्रेश्वरी गाउँपालिका–३
-वेदबहादुर वली, ३९ वर्ष, घोराही उपमहानगरपालिका–११
