खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार
धनकुटा । धनकुटामा शनिबार साँझ खोल्सीमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ। धनकुटा नगरपालिका–६ स्थित परिचय मोड नजिकै कोशी लोकमार्गको पेटीमा बसिरहेकी धनकुटा–५ की अन्दाजी ३५ वर्षीया पूर्णिमा राई अचानक करिब ७० मिटर गहिरो खोल्सीमा खसेकी थिइन्।
साँझ करिब ६:३० बजेतिर राईलाई उद्धार गरिएको हो। महिलाले खसेको खबर पाउनेबित्तिकै धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
त्यही टोलीले उनलाई सकुशल उद्धार गरेर तत्कालै जिल्ला अस्पताल धनकुटा पठायो। अस्पतालमा पुर्याउँदा उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
