इलाम र झापाका भूमिहीनलाई प्रधानमन्त्री ओलीद्वारा जग्गा धनीपूर्जा वितरण

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिका र झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन्।

भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा शनिबार आयोजित कार्यक्रममा कनकाईका २०० र माई नगरपालिकाका १७६ जनालाई पूर्जा वितरण गरिएको हो।

ओलीले भूमिहीन नागरिकले जग्गा पाउनु खुसीको कुरा भएको भन्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताको समस्या समाधानमा ध्यान दिइरहेको बताए।

उनले जमिन खेर जान नदिई ठूला चाक्ला बनाएर व्यावसायिक खेतीतर्फ लाग्न आग्रह गरे। देश विकासको गतिमा अघि बढिरहेको भन्दै उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले स्पष्ट परिवर्तन अनुभव गरिरहेको बताए। अझै ठूला परिवर्तनका लागि सरकारले काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा वितरण गरिने जानकारी दिए।

त्यस अवसरमा ओलीले माई नगरपालिकाको शितलीमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन गरे। उनले माईकै बृहत् खानेपानी आयोजना शिलान्यास पनि गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *