विराटनगरमा कोरोना संक्रमण बढ्दै, २५-२६ गते विशेष खोप अभियान

विराटनगर । विराटनगरमा फेरि कोरोना संक्रमणको संकेत देखिएको छ। पछिल्लो विवरणअनुसार महानगर क्षेत्रका चार जनामा संक्रमण पुष्टि भएपछि स्थानीय सरकार सतर्क बनेको छ। विराटनगर-२, ९ र १६ नम्बर वडाका बासिन्दामा संक्रमण भेटिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

संक्रमितमा सामान्य लक्षण मात्र देखिए पनि समुदायमा फैलिन नदिन सतर्कता अपनाइएको छ। यही सन्दर्भमा विराटनगर महानगरपालिकाले असार २५ र २६ गते विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। खोप अभियान विशेष गरी ५५ वर्षभन्दा माथिका तथा दीर्घरोगी नागरिकहरूलाई लक्षित गरी महानगरका १९ वटै वडाका स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेछ।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार खोपसँगै मास्क प्रयोग, भिडभाडबाट टाढा रहने, हात धुनेजस्ता सावधानी अपनाउन पनि आग्रह गरिएको छ। लक्षण देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनु आवश्यक रहेको उनको भनाइ छ।

कोरोना संक्रमित इलामकी महिलाको मृत्यु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *