पूर्वराजा ज्ञानेन्द्र : ‘नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो ८० औं जन्मदिनको अवसरमा निर्मल निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी, पहिरो र पानीजन्य रोगहरूबाट सतर्क रहन आग्रह गरे।
“अहिले वर्षाको समय हो, बाढी पहिरोको जोखिम छ,” पूर्वराजा शाहले भने, “पानीजन्य बिमारीहरू पनि हुन्छन्, सतर्क रहनुस्, विचार गरेर बस्नुस्।”
उनले नेपाली हुनु केवल नेपालमा जन्मिनु मात्रै नभई नेपाललाई आफैंभित्र आत्मसात् गर्नुपर्ने बताए। “हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ, अनि हामी नेपाली हुन्छौं,” उनले उल्लेख गरे।
जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिन आउनेहरूको भीड लागेको थियो।
प्रतिक्रिया
