पौडी खेल्दा २ जना बालकको गयो ज्यान

सुनसरी । पौडी खेल्दा डुबेर इटहरीका दुई जना बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्दा डुबेर शनिबार अपराह्न उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर छन् । पौडी खेल्ने क्रममा डुबेका उनीहलाई उद्धार गरी अस्पताल लगिएको थियो । पुर्याउनासाथ चिकित्सकले जाँच गरी मृत्यु भइसकेको जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *