चीनको अन्तर्राष्ट्रिय सेमिनारमा नेपाली उद्यमी

विराटनगर । चीनको निङबो सहरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी उद्यमी श्रुति शर्माले सहभागिता जनाएकी छन् । उनी मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक हुन् ।

नेपाल-चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित साताव्यापी सेमिनारमा नेपालसहित पाँच देशको सहभागिता रहेको जनाइएको छ।

कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षाको चिनियाँ मोडेल ‘लुबान वर्कशप’ को अवधारणा, कार्यान्वयन प्रक्रिया, प्रयोगात्मक तालिम विधि, प्रविधिको उपयोग, र विद्यार्थीकेन्द्रित सिकाइ पद्धति विषयमा छलफल गरिएको शर्माले बताइन् ।

त्यस अवसरमा सहभागी प्रतिनिधिबीच शैक्षिक सहकार्य, ज्ञान आदानप्रदान र भविष्यमा संयुक्त तालिम तथा कार्यक्रमहरू सञ्चालनको सम्भावनाका विषयमा समेत छलफल भएको थियो । लुबान वर्कशपको अवधारणा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक र रोजगारमुखी बनाउन सहयोगी बन्न सक्ने शर्माको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *