कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता विराटनगरमा सुरू
विराटनगर । उसु संघ मोरङको आयोजनामा शुक्रबार कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, संखुवासभा जिल्लाका ११२ जना खेलाडी सहभागी भएको उसु संघ मोरङका सचिव विनोद मारिकले जानकारी दिए ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका हुन् । खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।
उसु संघ मोरङका अध्यक्ष दीपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यबाहक अध्यक्ष भक्तिनाथ माझी, कांग्रेस मोरङको खेलकुद विभाग प्रमुख प्रकाश दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिम आलम, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र लामा, नेका मोरङ सदस्य सन्तोष दासलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
