छोरीलाई बलात्कार गरेको ठहर, ४५ वर्ष जेल सजाय

काठमाडौं । छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद सजाय गर्ने फैसला सुनाएको छ । ती अभियुक्तलाई ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।

न्यायाधीश गीता श्रेष्ठको इजलासले मकवानपुरको थाहा नगरपालिका–१ का ३४ वर्षीय पुरुषले आफ्नी १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै बुधबार उक्त फैसला गरेको हो ।

हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले बताए ।

२०८१ भदौ २८ गते बालिकालाई बाबुले घरमै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । बालिकाले आफू बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले प्रहरीमा उजुरी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *