मनसुनजन्य घटनामा ३१ जनाले ज्यान गुमाए
फाइल तस्बिर
काठमाडौं । मनसुनजन्य विपतमा परी जेठ १५ देखि असार १६ गतेसम्म ३१ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ६७४ वटा मनसुनजन्य भएका थिए ।
ती घटनामा ११२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको जनाइएको छ । यस्तै, एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट २करोड २१ लाख बराबरको क्षति भएको छ ।
बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना घाइते भएको प्राधिकरणले जनाएको छ । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् ।
चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनाहरूमा २६ करोडको आर्थिक क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ ।
प्रतिक्रिया
