देशका अधिकांश स्थानमा हल्का वर्षा, कतै भारी
काठमाडौं । मनसुनी वायुको प्रभावले आज बुधबार देशका अधिकांश स्थानमा पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।

प्रतिक्रिया
