एनआइएमबी र र विराट हस्पिटलबीच सहकार्य सम्झौता
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (एनआइएमबी) बीच सहकार्यको सम्झौता भएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बैंकिङ सुविधाहरुमा सहुलियत दिनेलिने विषयमा सम्झौता भएको हो ।
सम्झौताअनुसार विराट कलेजले बैंकका कर्मचारीहरु एवं ग्राहकहरुको स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने छ । यसैगरी, बैंकले विभिन्न बैंकिङ प्रक्रियाहरुमा सहुलियत दिने सम्झौता भएको छ ।
सम्झौतापत्रमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की र हस्पिटल कोअर्डिनेटर सुनिल देवले हस्ताक्षर गरेका छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका तर्फबाट विराटनगर शाखाका प्रमुख कृष्ण गोविन्द पौडेल र कोशी प्रदेश रिलेसनसिप प्रबन्धक नवनित राज प्रधानले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया
