मुगुमा भूकम्प
काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।
मुगुका विभिन्न भेगमा भूकम्पको धक्का महसुस गरिएको थियो । कतै केही क्षति भएको जानकारी आएको छैन ।
प्रतिक्रिया
