महाकालीमा पानीको बहाव उच्च, गाडी सञ्चालनमा रोक
फाइल तस्बिर
काठमाडौं । निरन्तरको वर्षापछि महाकाली नदीमा पानीको बहाव उच्च भएको छ । बहाव बढिरहेको अवस्थामा जोखिमपूर्ण भन्दै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक भन्दा बढी पुगेको छ । सामान्यतया एक लाख क्युसेक बहाव पुगेपछि आवागमनमा रोक लगाइने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ । यस्तो बेला नदी तटीय क्षेत्र र आसपास उच्च सतर्कता अपनाउनु पर्ने विभागले उल्लेख गरेको छ ।
प्रतिक्रिया
