नतिजामा चित्त नबुझे असार २३ भित्र पुनर्योग आवेदन दिन सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझे यही असार २३ गतेभित्र पुनर्याेगका लागि आवेदन दिन सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्याेग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था छ ।

पुनर्याेगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । त्यसअनुसार परीक्षार्थीले आफूले पुनर्याेग गर्न चाहेका विषयका लागि कार्यालयको वेबसाइटमा गई पुनर्याेग फाराम भरी आवेदन गर्न सक्ने जनाइएको छ ।

बोर्डले भनेको छ, ‘पुनर्याेगका लागि २३ असारको बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ । सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको बेवसाइटबाट हेर्न सकिनेछ। ’

नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *