चोरीको मोटरसाइकलमा सवार पक्राउ

विराटनगर । विराटनगरबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–६ का ३७ वर्षीय किसन चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार जेठ २८ गते विराटनगर महानगरपालिका–२ स्थित हिमालयन बैंकको अगाडि पार्किङ गरिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल हराएको थियो ।

त्यही मोटरसाइकल चढेर गइरहेको अवस्थामा प्रहरीले बिहीबार चौधरीलाई कटहरी गाउँपालिका–१ मा पक्राउ गरेको हो ।

विराटनगरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ । बजार क्षेत्र र अन्य सडकछेउ पार्किङ गरेर राखिएका मात्र होइन घर परिसरमै रहेको मोटरसाइकल पनि चोरी हुने गरेको छ ।

केही साताअघि विराटनगरको पिपल चोकस्थित एक शोरुमबाट नयाँ कार पनि चोरी भएको थियो । प्रहरीले उक्त कार सुनसरीमा फेला पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *