अरुण नदीमा बगेर २ जना विद्यार्थी बेपत्ता
फाइल तस्बिर
विराटनगर । अरुण नदीमा बगेर दुई जना बालिका बेपत्ता भएका छन् । प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारका उनीहरु नुहाउन गएका बेला बुधबार बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा स्थानीय १२ वर्षीया कृसिका लाई र १३ वर्षीया खुसी राई छन् । प्रहरीका अनुसार दुवै कक्षा ८ का विद्यार्थी हुन् ।
नुहाउन भनेर गएका उनीहरु साँझसम्म घर नफर्किएपछि परिवार र गाउँलेले खोजी गरेका थिए । कतै नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको थियो । स्थानीयले अरुण नदीमा नुहाउन गएको थाहा पाएको बताएका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट इन्स्पेक्टर अनिल साहको नेतृत्वमा टोली परिचालन गरी उनीहरुको खोजी सुरु गरिएको छ । नुहाउने क्रममा बगेर उनीहरु बेपत्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आसपास क्षेत्रमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
