अर्कैको नाममा एमपीएको परीक्षा दिने पक्राउ

काठमाडौं । जनप्रशासन क्याम्पसमा अरूको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका-८ का २६ वर्षीय केशव रोकाया पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा बस्दै आएका रोकायाले एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका थिए । यो कुरा थाहा पाएपछि जनप्रशासन क्याम्पसले प्रहरीमा उजुरी दिएको थियो ।

त्यही आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले रोकायालाई पक्राउ गरेको हो । उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *