माईखोलाको जलसतह सतर्कता तहभन्दा माथि
फाइल तस्बिर
इलाम। निरन्तरको वर्षापछि इलामको माईखोलामा जलसतह उच्च भएको छ। माईखोलाको चिसापानी जलमापन केन्द्रमा आज सोमबार बिहान ७ः२५ बजे गरिएको मापनमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो।
मौसमविद् डा. धरमराज उप्रेतीका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र आसपास सतर्कता अपनाउनुपर्ने देखिएको छ।
डुबान भइरहने होचा भूभागहरुमा उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा आइतबार रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। थोरै स्थानहरूमा भारी वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षा गराउने बादल दक्षिणतर्फ सरिरहेको छ। वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ।
प्रतिक्रिया
