डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानद्वारा ३ पुरस्कार घोषणा

विराटनगर। डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठान कार्यसमिति र सल्लाहकारहरूको बैठकले असार २३ गते हस्तान्तरण गर्ने गरी पुरस्कार घोषणा गरेको हो।

प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्षेत्रका व्यक्तित्वको नाम पुरस्कारका लागि छनोट गरेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोका अनुसार साहित्यकार डा. सुशीला भण्डारीलाई ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र चापागाईं साहित्य पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

यसैगरी, कवि रोहिणी रसिकलाई २५ हजार राशिको डा. नरेन्द्र चापागाई युवा साहित्य पुरस्कार दिने निर्णय भएको छ।

यस्तै, गायक प्रवलदीप विश्वासलाई १० हजार ११५ रुपैयाँको नेउपाने सेवा कला सम्मान प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *