ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

इलाम। इलामको रोङ गाउँपालिकामा ट्रकको ठक्करले मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

आइतबार अपराह्न मेची राजमार्गको रोङ गाउँपालिका–३, पाथलेडाँडामा भएको दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि बसेकी जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको मृत्य भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका इलामका डीएसपी मानबहादुर राईका अनुसार झापाबाट इलामतर्फ आइरहेका प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले उनीहरू चढेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दुवैलाई झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो। उपचारक्रममा उनीहरूको मृत्यु भएको डीएसपी राईले जानकारी दिए। ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *