इलामको कुटीडाँडामा ट्रकको ठक्करले २ जना गम्भीर घाइते

इलाम। मेची राजमार्गमा पर्ने इलामको कुटीडाँडा खण्डमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन्।

मोटरसाइकलमा सवार एक जना पुरुष र एक महिला घाइते भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

दुर्घटनालगत्तै स्थानीय बासिन्दाले उनीहरुको उद्धार गरी स्वास्थ्य संस्थातर्फ पठाएका छन्।

आइतबार अपराह्न भएको दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *