हात्तीको आक्रमणबाट महिलाको मृत्यु

इलाम। पूर्वी इलाममा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार रोङ गाउॅपालिका–६ स्थित सिद्धिखोला किनारको घारीमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।

हात्तीको आक्रमणमा परी अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको हो। उनको सनाखत हुन सकेको छैन।

मृतकको पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *