बीपी राजमार्गमा १५ दिनसम्म राति गाडी नचल्ने

काठमाडौं। बाढी पहिरोका कारण जोखिम हुने भएकाले बीपी राजमार्गमा १५ दिनसम्म रातिको बेला सवारी साधन नचल्ने भएको छ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो।

समितिले जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गको खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्डमा राति सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको छ।

समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाडौं तर्फ जानेलाई सिन्धुलीको खुर्काेटमा रोक्ने निर्णय गरेको छ। गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो। त्यसयता बेलैमा मर्मत सम्भार नगरिँदो यो वर्षा याममा पनि जोखिमकै अवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *