सडकमै पल्टियो बस

विराटनगर। सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–७, माथिल्लो साल्मेमा शुक्रबार बिहान बस दुर्घटना भएको छ। सिद्धिचरण लोकमार्गको उक्त खण्डमा बिहान करिब ४ बजेतिर दुर्घटना भएको हो।

प्रहरीका अनुसार सल्लेरीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी बस अनियन्त्रित भइ सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरका अनुसार चालक, सहचालकसहित बसका तीनजना कर्मचारी र अरु चार जना सवार थिए।

दुर्घटनामा सिन्धुलीको फिक्कल गाउँपालिका–२ का ३२ वर्षीय बस चालक होमबहादुर लुङ्गेली, रामेछापको लिखु गाउँपालिका–७ का ३१ वर्षीय ताराबहादुर बुढाथोकी घाइते भएका छन्। अन्य पाँच जना सकुशल छन्। घाइते हरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *