इलामको रोङका एक जना वृद्धलाई कोरोना संक्रमण

इलाम। इलामको रोङ गाउँपालिका निवासी एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उक्त पालिकाको वडा ४ निवासी ७४ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानका अनुसार उनमा लक्षण देखिएपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको चौहानले जानकारी दिए। यसबारे जिल्ला स्वास्थ्य कार्यालय इलामलाई जानकारी दिइएको गाउँपालिकाले जनाएको छ।

नेपालमा संक्रमितको संख्या १६०

यसैबीच, इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. चन्द्रभाल झाका अनुसार भारतबाट आउने कतिपयमा कोरोना संक्रमण पाइन थालेको छ।

उनका अनुसार पुस १७ गतेयता हालसम्म नेपालमा १६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा ५ जनामा सङ्क्रमण देखिएको उनले बताए।

सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा ५, कोशी तथा गण्डकी र लुम्बिनी प्रदेशमा समान ३–३ जनामा संक्रमण देखिएको छ।

निर्देशक डा. झाले कोरोना भाइरसको सङ्क्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए। उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *