नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

काठमाडौैं। तीन देशीय ट्वान्टी-२० शृंखलामा नेपालले मंगलबार स्कटल्यान्डलाई २ विकेटले हराएको छ। नेपालले ९८ रनको झिनो लक्ष्य १ बलअगाडि पूरा गरेको हो।

स्कटल्यान्डकोे ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा भएको खेलमा लगातार दुई चौका प्रहार गरेपछि लोकेश बम अर्को बलमा आउट भए। ९ रन बनाएका उनलाई ब्रान्डन म्याकमुलेनले आउट गरे। ज्याक जार्भिसले अनिल साहलाई ३ रनमा र साफ्यान सरिफले कप्तान रोहित पौडेललाई ७ रनमा बोल्ड गरे।

ओपनर कुशल भूर्तेलले ३५ बल खेल्दा ४ चौकासहित ४० रन बनाए। उनलाई मार्क वाटले एलबीडब्लु आउट गरे। दीपेन्द्रसिंह ऐरी २१ बल खेल्दै कुनै बाउन्ड्री प्रहार गर्न नसकी १४ रनमा आउट भए।

माइकल लिस्कले बसिर अहमदलाई १३ रनमा आउट गरे। रुपेश सिंह ३ रनमै आउट भए। अन्तिम ओभरमा नेपाललाई विजयका लागि ४ रन चाहिन्थ्यो। किरण ठगुन्ना र करण केसीले पहिलो ३ बलमा १–१ रन लिएपछि स्कोर बराबरी भएको थियो। चौथो बलमा किरण १० रन बनाएर आउट भए।

ब्याटर सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जिताए। करण ३ रनमा अविजित रहे। यसअघि टस होपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भएको थियो।

नेपाल अघिल्लो दिन तीन सुपर ओभरको खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो। आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो।

नेपालले बुधबार नेदरल्यान्ड्स र शुक्रबार स्कटल्यान्डसँग प्रतियोगिताका बाँकी दुई खेल खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *