सुन-चाँदीको जलप लगाएको गहनासहित २ भारतीय पक्राउ

इलाम। इलामको सूर्याेदय नगरपालिका-२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना भारतीय पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको टोलीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाएको गहनासहित आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको टोलीले सुरक्षा पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलामा १७ किलो ४०० ग्राम चाँदी र सुनको जलप लगाएका ५ किलो गहना र विभिन्न किसिमका सामान फेला परेको थियो।

परीक्षणका क्रममा ती गहनामा सुनचाँदीको जलप लगाएको पुष्टि भएको हो। दुवैलाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *